Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Thursday, May 12, 2011

फोटो प्रतियोगीता २०६७–नेपाल

On : 9:09 AM
In :
प्रहरी र आन्दोलनकारीको भीडन्तमा परेकी एक बालिका फोटो :यलु जोशी
 गोरखापत्रकी संवाददाता यलु जोशी मनोरञ्जनात्मक फिचर समाचारको खोजीमा थिइन्। चाबहिलको पशुपति क्याम्पसका विद्यार्थी र प्रहरीको झडपले उनको काममा अवरोध पुर्‍यायो। पुलिस पत्रकारमाथि समेत जाइलागेको त्यो ठाउँ जतिसक्दो छिटो पार गर्न चाहन्थिन् उनी। तर, त्यो 'रणभूमि' छिचोल्न संघर्षरत बालिकाले उनलाई अड्यायो। उनले आफ्नो 'डी फिफ्टी' क्यामेरा झिकिन् र फटाफट त्यो दृश्य कैद गरिन्। गएको फागुनमा खिचेको त्यही फोटोले २३ वर्षिया यलुलाई 'फोटो अफ दी इयर'को उपाधी दिलायो।

फोटो जर्नालिष्ट क्लबले आयोजना गरेको 'फोटो कम्पिटिसन २०६७'मा उनले एक लाख बरावरको पुरस्कार समेत पाईन्। 'म व्यवसायिक फोटोग्राफर हैन। यो प्रतियोगीतामा जसले पनि पठाउन मिल्ने थाहा पाएपछि मैले १२ वटा फोटो पठाएकी थिएँ,' पाँच हजारलाई उछिन्दै आफ्नो फोटो सर्वोत्कृष्ट घोषणा भएपछि यलुले भनिन्,'एक सय भित्र त पर्ला कि जस्तो लागेको थियो। बेष्ट भएको देख्दा अचम्म लागेको छ।' देशका चर्चित फोटोग्राफरले भाग लिएको प्रतियोगीमा मिलेको सफलताले आफूलाई चकित तुल्याएको प्रतिक्रिया दिइन् उनले।

यो सफलताले फोटोग्राफीलाई व्यवसाय बनाउने हौसला जगाएको उनले बताईन्। गोरखापत्रकै फोटो पत्रकार विकास द्वारेको संगतमा फोटोग्राफीको जानकारी बटुलेको बताइन् उनले। 'फोटोग्राफीको औपचारिक अध्ययन गर्ने रहर लागे पनि मौका मिलेको छैन,' उनले भनिन्।

प्रतियोगितामा 'डेली लाइफ' शीर्षकमा नागरिकका पत्रकार विक्रम गिरीको फोटो प्रथम भयो। डोरीमा झुन्डिएर महाकाली नदी तर्दै गरेकी महिलाले उठाएको जोखिम उनले उतारेका छन्। यसमा नागरिककै विजय राईको फोटो दोस्रो भयो। राजधानीका एक युवकले जोखिम मोलेर टेम्पोमा गरेको यात्रा उनको फोटोमा देखिन्छ। कान्तिपुरका नरेन्द्र श्रेष्ठले खिचेको इनारमा काम गर्ने मजदुरको फोटो तेस्रो भयो। 

…नेचर एन्ड वाईल्ड लाईफ'तर्फ राजेन्द्र मानन्धरको फोटो प्रथम भयो भने यो शीर्षकमा लाक्पा सोनाम शेर्पा र दीपक शाहको फोटो दोस्रो र तेस्रो भयो। 'न्युज फोटो'मा कपिलदेव खनाल उत्कृष्ट भए। नुवाकोटको बुधसिंका विद्यार्थीले लठ्ठामा झुन्डिएर त्रिशुली नदी तर्दै गरेको फोटो छ उनको। यसमा नागरिकका केशव थोकरको फोटो दोस्रो र रोयटर्स् नभेस चित्रकारको फोटो तेस्रो भयो। कान्तिपुरका शैलेन्द्र खरेलको फोटोले 'अनरेवल मेन्सन' उपाधि पायो।
'फोटो स्टोरी'तर्फ नयनतारा गुरुङ कक्षपति पहिलो, केशव थोकर दोस्रो र अन्नपूर्ण उमा विष्ट तेस्रो भए। 
'टुरिजम फोटो' तर्फ रमेश तामाङ प्रथम, मदनकुमार दुवाल दोस्रो र सिर्जना बज्राचार्य तेस्रो भए। विभिन्न विधाका एक सय ४० वटा फोटो प्रदर्शनी राजधानीको नेपाल आर्ट काउन्सिलमा शनिबारसम्म चल्नेछ। सभामुख सुवासचन्द्र नेम्वाङले फोटो खिचेर प्रदर्शनीको उद्घाटन गरेका थिए। 

विजेताका तस्विरहरू निम्नानुसार रहेका छन् ।






न्युजतर्फ पहिलोस्थान प्राप्त तस्बिर। त्रिशुली नदी तरेर माध्यामिक तह पढ्न जाँदै गरेका विद्यार्थीहरु। फोटो : कपिलदेव खनाल

टुरिजम प्रमोसनतर्फ दोस्रो। साँझको नाम्चेबजार। फोटोग्राफर : मोहन दुवाल


टुरिजम प्रमोसन तर्फ तेस्रो। पाटनको नाच। फोटोग्राफर : श्रृजन बज्राचार्य।

न्युजतर्फ दोस्रो। माओवादीले गरेको हड्तालमा सर्वसाधारणमाथि आक्रमण। फोटोपत्रकार:केशव थोकर।

डेली लाइफ तर्फको पहिलोस्थान जित्न सफल। जोखिमपूर्णरुपमा महाकाली नदी तर्दै महिला। फोटोग्राफर : विक्रम गिरी

टुरिजम प्रमोसनतर्फ प्रथमस्थान प्राप्त फोटो। फोटोग्राफर: रमेश तामाङ

पानीका लागि इनार। डेली लाइफ तर्फको तेस्रो स्थान जित्न सफल। फोटोग्राफर : नरेन्द्र श्रेष्ठ

डेली लाइफ तर्फ दोस्रो। फोटोग्राफर : विजय राई

न्युजतर्फ तेस्रो। बालाजु औद्योगिक क्षेत्रमा आगलागीमा उद्दार। फोटोपत्रकार: नभेष चित्रकार


नेचर एन्ड वाइल्ड लाइफ विधामा पहिलोस्थान पाउन सफल। फोटोग्राफर : राजेन्द्र मानन्धर)

सौराहमा चरा। नेचर एन्ड वाइल्ड लाइफ विधामा तेस्रो। फोटोग्राफर : दीपक शाह

0 comments:

Post a Comment