Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Monday, May 9, 2011

नेवानि लुट्ने स्यालहरू

On : 9:21 AM
In :
        नेपाल वायु सेवा निगम, नेवानि अर्थात् नेपालको राष्ट्रिय ध्वजावाहक वायु सेवा निगम, जुन व्यवस्था आयो, त्यसैको कमाई खाने अड्डा, जसको सरकार बन्यो, यसैको रजाइ गर्ने थलो बन्दै आएको छ । पञ्चायतमा राजा र राजाका आसेपासेहरूले लुटे, बहुदलमा दलका नेताहरूले पालैपालो लुटे, अहिले त थला परेको छ । पहिला-पहिला जहाज किन्ने र भाडामा लिने नाममा लुटिन्थ्यो । तर अब लुट्नलाई केही बाँकी छैन, त्यसैले बचेखुचेका इञ्जिन बनाउन पनि कमिसनको खेल हुन थालेको छ ।यही अवस्था हो भने नेवानि केही समयमै बन्द हुनेछ । लाग्छ नेवानि बन्दै भए पनि कमिसनको खेल रोकिनेछैन,जहाजका अस्थिपञ्जर कवाडीमा बेच्न पनि मारामार हुनेछ । नेवानिले २००८ सालमा जामा एयर नामक भारतीय कम्पनीले काठमाडौको सानो गौचरनबाट भारतको पटनाका लागि नेपालबाट पहिलो उडान भरेको थियो ।
त्यसको ठीक छ वर्षपछि अर्थात् २०१४ साल असार १७ गते राष्ट्रिय ध्वजावाहकको रूपमा नेपाल वायु सेवा निगमले उडान सुरु गर्यो । सुरुवातताका आन्तरिक र बाहृय सेवाका लागि निगमसाग आठ प्रकारका जहाज थिए । तीमध्ये 'डगलस घ' भनिने २८ सिटको 'डकोटा' विमान थियो । नेवानिका लागि पहिलो उडान भर्ने डकोटा विमान पछि विस्थापित भयो । १२ सिटको फङ्स हार्भर्टार विमान पनि निगमले सेवामा लगायो ।

 निगमसाग यस्ता दुई विमान थिए । छोटो समयको उडानपछि यी विमान पनि विस्थापित भए । पिलाटस पोर्ट भनिने 'पीसी-' विमान पनि विस्थापित भइसकेको छ । एउटा मात्र इन्जिन भएका यी विमानमा छ सिट हुन्थे । अर्को फोकर फ्रेन्डसिप भनिने 'एफ-२७' विमान पनि आन्तरिक र बाहृय दुवै उडानमा प्रयोग गरियो । यो विमान ४४ सिटको थियो । ४४ सिटको एभ्रो विमान पनि विस्थापित भइसकेको छ ।

 २०२८ सालमा निगमले बोइङ ७२७ खरिद गरेपछि नेपाल जेट उडानमा प्रवेश गर्यो । निगमसाग १ सय २३ सिट क्षमताका यस्ता विमान दुईवटा थिए । त्यसपछि १९० सीट क्षमताको बोइङ ७५७ निगम पनि ल्यायो निगमले । बोइङ ७५७ पनि दुईवटा थिए ।

यसरी चारवटा जेट विमानले नेपाललाईर् विश्वका थुप्रै सहरसाग जोडेका थिए । तर, बल्लबल्ल बामे सर्दै गरेको नेपाल वायु सेवा निगम २०४६ सालपछि स्वदेशी र विदेशी हवाई माफियाको चङ्गुलमा फस्यो । २०५० सालसम्म नेपाल वायु सेवा निगमको अवस्था राम्रै थियो । तर, जतिबेला भएका दुईवटा बोइङ अनेक तानाबाना बुनेर बेचियो, त्यसपछि सुरु भयो निगमको अधोगति । आफ्ना विमान बेचेर विदेशी विमान भाडामा लिने र कमिसन खाने फोहोरी राजनीति सुरु भयो नेपाल वायु सेवा निगममा ।

त्यसपछि निगम ठूलाबडाका लागि 'सुनको फुल पार्ने कुखुरी' बन्न थाल्यो । धमिजा काण्ड, चेज एअर काण्ड, चाइना साउथवेष्ट काण्ड र लाउडा काण्ड । काण्डैकाण्डको अखडा बन्यो नेवानि । फरक-फरक राजनीतिक पृष्ठभूमिका फरक-फरक नेताहरूले नेवानिमा धुलो उडाए । अरुले भ्रष्टाचार गर्दा संसद्मा कुर्लनेहरू त आफ्नो पालो आउनासाथ झन् तीव्र गतिमा लुट्न आतुर भए लुटे, लुटिरहे । विमान खरिद गर्दा होस् या भाडामा लिँदा, राज्यका शक्तिशाली व्यक्ति र परिवारले कमिशन लिएरै छाड्छन् ।

 जहाज खरिद काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, चाइनासाउथ वेष्ट काण्ड, लाउडा काण्ड र यस्ता धेरैधेरै काण्डका उदाहरण धेरै छन् । निगमको दुरावस्था खोतल्यो भने प्रतिष्ठित राजनीतिक घरानाको नाम जोडिन्छ कोइराला परिवारको, त्यसमा पनि मुख्यतः सुजाता कोइरालाको । बहुदल पुनबर्हालीपछि सुजाताका पिता गिरिजाप्रसाद कोइराला पटक-पटक प्रधानमन्त्री भए । जति पटक प्रधानमन्त्री भए, उति पटक राज्यसंयन्त्रमा छोरी सुजाताको बोलवाला चल्यो । सुजाता नेपाल आएलगत्तै २०४९ साल चैत १८ गते शानेवानिको युरोप क्षेत्रको जनरल सेल्स एजेन्ट -जीइसए) नियुक्त गर्ने निर्णय भयो । युरोपको एजेण्ट कसलाईर् बनाउने ? यो निर्णय त पहिले नै भइसकेको थियो । सुजाता र उनका पति जर्मन नागरिक नोबर्टको सिफारिसअनुसार भारतीय मूलका बेलायती नागरिक दिनेश धमिजाको फेयर कम्पनीलाईर् जीइसए बनाइयो । धमिजा यसअघि नै नेवानिका लागि बेलायतका एजेन्ट थिए । सुजाताको सहयोगले युरोपभरिको जिम्मा पाए । सेल्स एजेन्टलाईर् ९ प्रतिशत कमिशन दिने विश्वव्यापी प्रचलन थियो । बाबु प्रधानमन्त्री भएको मौकामा सुजाताले धमिजालाईर् अन्तर्राष्ट्रिय प्रचलनभन्दा बढी चार गुणा बढी अर्थात् ३८ प्रतिशत कमिशन पाए । यसरी एजेन्टलाईर् ९ प्रतिशत कमिशन दिने विश्वव्यापी चलन हुँदाहुँदै शानेवानिले ३८ प्रतिशत दियो ।

 चार गुना बढी कमिशन धमिजा एक्लैले पक्कै खाएनन्, सुजाताले पनि खाइन् । यसबाट निगमलाईर् ३९ करोड ५० लाख रूपैया नोक्सानी भयो । यो कुनै आरोप होइन, २०५८ सालमा दामोदर न्यौपानेको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगको प्रतिवेदनमा प्रष्टै उल्लेख छ । धमिजासाग सम्झौता भएको करिब एक वर्षपछि निगमका दुईवटा बोइङ ७२७ एउटा कारभन्दा सस्तो मूल्यमा बेचियो, कौडीको भाउमा । ती दुई विमान बिक्री गरेदेखि नै निगमको अधोगति सुरु भएको हो । शानेवानिसाग जम्मा चारवटा जेट विमान थिए, दुईवटा बेचियो । दुनिँयाभरको आकाशमा उडिरहेको, पैसा कमाइरहेको विमान बिक्री गर्ने निर्णयमा पनि तत्कालीन प्रधानमन्त्री कोइराला र छोरी सुजाताकै नाम जोडियो ।

 निमगले आफूसँग भएका जहाज बिक्री गरेर चुप लागेन । नयाँ जहाज चाहियो भनेर किन्ने योजना बन्यो । बेचेर आएको कमिशनले पुगेन, त्यसैले नयाँ जहाज किन्ने अभ्यास सुरु भयो । पहिले जहाज नै किन्ने भनियो, पछि भाडामा ल्याएर चलाउन थालियो । त्यतिबेला शानेवानिका आफ्नै दुईवटा र भाडाको एउटा विमानले उडान भरिरहेका थिए । तर सरकारले आकस्मिक निर्णय गर्यो, जहाज अर्को पनि चाहियो । थप निर्णय भयो, अष्ट्रियाको लाउडा एयर कम्पनीसाग विमान भाडामा लिने ।

 २०५७ साल असोज १६ गते पर्यटन मन्त्रालयमा बसेको तत्कालीन शानेवानि सञ्चालक समितिको बैठकले लाउडा एयरबाट विमान भाडामा लिने निर्णय गर्यो । शानेवानिसाग तीनवटा जहाज चालु भइरहेकै बेला विनायोजना लाउडाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो । त्यसपछि भयो निकै ठूलो विवाद । नेवानिलाईर् ब्रहृमनालमा पुर्याउने पञ्चायत मात्र होइन,कांग्रेसको परिवार मात्र होइन । एमालेबाट मन्त्री भएका भीम रावल र मालेका यामलाल काडेलको समयमा पनि नेवानिमा भ्रष्टाचार भयो । माले नेता यामलाल काडेल बने पयर्टन तथा नागरिक उड्डयनमन्त्री ।

२०५५ साल असोजमा कांग्रेस र मालेको गठनबन्धन सरकार बनेको केही समयमै नेवानिमा अर्को बबण्डर मच्चियो । जसलाईर् नेवानिका कालो इतिहासमा चेज एयर काण्डका रूपमा चिनिन्छ । चेज एयर नामक अमेरिकी कम्पनीसाग निगमले विमान खरिद गर्न सम्झौता गर्यो । विमान खरिद गर्न ५ लाख अमेरिकी डलर अर्थात् करिब साढे ३ करोड रूपैया अग्रिम भुक्तानी गरिएको थियो । तर, चेज एयर फर्जी कम्पनी रहेछ ।  हुँदै नभएको कम्पनीले कसरी पठाओस् विमान ।

काम गरिरहेका कम्पनी पनि विश्वसनीय हुन् कि होइनन् भनेर बुझ्नुपर्छ सरकारी अधिकारीहरूले । तर राष्ट्रिय सम्पत्तिको पैसा पठाउँदा जिम्मेवार बनेनन् मन्त्री र नेवानिका अधिकारीहरू । त्यो रकम पनि त्यतिकै खाडलमा गयो । यामलाल काडेल पर्यटनमन्त्री थिए भने नेवानिका महाप्रबन्धक थिए, हङकङ राना मगर । ठगी गरेको आरोपमा चेज एयरका सञ्चालक भनिएका सुशील उइन्टरविरुद्ध नेपाल सरकारले अमेरिकी अदालतमा मुद्दा त हाल्यो । तर २ करोडबाहेक उठाउन सकेन ।

लाउडा काण्ड त २०५७ सालमा भएको हो, त्यसअघि नै भइसकेका थिए धमिजाकाण्ड र जहाज बिक्री काण्ड । यी विषयमा राजनीतिक दलहरूबीच थुप्रै विवाद भए । वामपन्थी दलहरूले सडक आन्दोलन नै गरे, सदनका बैठक अवरुद्ध पारे । मुख्य विपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले धमिजा काण्डलाईर् चुनावी एजेण्डा नै बनाए । भ्रष्टाचारीलाईर् कारबाही गर्ने कसम पनि खाए जनतासाग । २०५१ मा एमालेले चुनाव पनि जित्यो । तर धमिजा र जहाज बिक्री काण्डका भ्रष्टाचारीलाईर् कारबाही भएन । बरु, थपिए चेज एअर काण्ड र चाइना साउथवेष्ट काण्ड ।

 मालेका मन्त्रीले भ्रष्टाचार गरे भनेर एमालेले चर्को विरोध गर्यो । विवाद बढ्दै जाँदा माले सरकारबाट बाहिरियो, एमाले भित्रियो । एमालेबाट पर्यटनमन्त्री बने, भीम रावल । अनि कथा बन्यो, चाइना साउथवेस्ट काण्डको । २०५५ सालको मंसिरमा कांग्रेस र एमालेको संयुक्त सरकार बन्यो ।

 कांग्रेस र मालेले निगम डुबाए भन्दै सदनदेखि सडक तताउने नेकपा एमालेबाट पर्यटनमन्त्री बनाइएका भीम रावल चाइना साउथवेष्ट काण्डमा मुछिए । नयाँ मन्त्री आउनासाथ नयाँ जहाज भाडामा लिने त परम्परा नै बनेको थियो त्यतिबेला । नेवानिले एउटा प्रस्ताव पाएको थियो प्रतिघण्टा  ३८ सय डलरका भाडामा । तर नेवानिले चाइना साउथवेष्टसाग जहाज भाडामा लिने निर्णय गर्यो जसको भाडा थियो ३३ सय डलर प्रतिघण्टा । नेवानिलाईर् हरेक घण्टा पाँच सय डलर अर्थात् ३५ हजार घाटामा पार्ने निर्णय भयो जानाजान । यसका मुख्य आरोपी पर्यटनमन्त्री  रावल ।

 जहाज भाडामा लिँदा अनियमितता भएको ठहर गर्दै सार्वजनिक लेखा समितिले रावलविरुद्ध कारबाही अगाडि बढाएपछि सिङ्गो एमाले विवादमा तानियो । विवाद बढेपछि रावलले एमालेको केन्द्रीय सदस्य र साधारण सदस्यबाट समेत राजीनामा दिए । सरकारले निगमलाईर् कत्ति पनि रकम दिएको छैन । बरु थरिथरिका शासकले थरिथरिका बहाना बनाएर लुटिरहेका छन् । आफूले भ्रष्टाचार गरेर नपुगेर मन्त्रीहरूले आफन्तहरूलाईर् पनि नेवानिको छालामा रजाइ गर्न लगाएका छन् । व्यवस्था र मन्त्री फेरिना साथ मोज गर्ने चलन कहिल्यै घटेन । कहिले विमान किन्न भनेर भ्रष्टाचार भयो, कहिले विमान बेच्ने भनेर भ्रष्टाचार भयो, कहिले भाडामा लिने भनेर भ्रष्टाचार भयो । अब नेवानि न जहाज किन्न सक्छ, न भाडामा लिन सक्छ
 नेवानि सेलाइसक्यो, तर भ्रष्टाचारीहरू सेलाएका छैनन् । त्यसैले अहिले इञ्जिन मर्मतका नाममा भ्रष्टाचार हुन थालेको छ । यस्तो दिन पनि आउनेछ, नेवानिका जहाजका कवाडीमा पनि भ्रष्टाचार हुनेछ ।

 पञ्चायतको हुकुमी शासन होस् या बहुदलपछि । या त राजाको शासन कालमा नै किन नहोस् । निगमको दुरूपयोग हुने क्रम कहिल्यै रोकिएन, न त अहिलेसम्म नै यो क्रम रोकिन सकेको छ । निगम यो अवस्थामा पुग्नुमा निगमका कर्मचारी नै मुख्य कारक रहेको छ, मन्त्रीहरूलाईर् अनेक लोभलालच देखाएर निगमका कर्मचारीले भ्रष्टाचार गर्ने गरेका छन् ।

हुन पनि निगम टाट पल्टन लाग्ने तर त्यसका कर्मचारी काठमाडांमा नयाँ महल थपेको थप्यै गर्ने ? यो एउटा खोजीको विषय बनेको छ । कहिले विमान खरिद त कहिले भाडामा लिँदा विवादमा मुछिदै आएको निगममा अहिले भने भएका पुरानो विमान मर्मतमा घोटाला हुँदै आएको स्रोतको दाबी छ ।

 नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम, तर नेवानिको नाम सुन्दा गर्व लाग्दैन हामीलाई । हजार होइन, लाख होइन, करोडौ करोड कमिशनमा गयो, भ्रष्टाचारमा डुब्यो । नेवानि मोटो हुँदा मोज गर्ने ठूलाबडा, नेवानि दुब्लाउँदा दया गर्ने सर्वसाधारण ।

हो, अहिले साच्चै दुब्लाएको छ नेपाल वायु सेवा निगम । अस्तित्व नै संकटमा छ नेवानिको । तर अब नेवानिसाग धेरै शान छैन, सम्पत्ति पनि छैन । त्यसैले नेवानिका अधिकारीहरू बचेखुचेको सम्पत्ति बेचेर कवाडीमा कमिशन खाने चक्करमा नलागुन् ।  टाट पल्टिएको नेवानिले जीवन पायो भने निरश देशले पनि जीवन पाउला भनेर आशा गर्न सकिनेछ । क्षेप्यास्त्र साप्ताहिकबाट साभार

0 comments:

Post a Comment