Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Thursday, May 26, 2011

शुनिल थापा कांग्रेसी पो भएछन् ।

On : 10:23 AM
In :

खुलामञ्चको  कांग्रेसी सभामा शुनीन थापा
राते काइँला उर्फ सुनिल थापा काँग्रेसी बनेको सातदिन भयो । हालैको काँग्रेस आमसभामा यी पाका अभिनेता 'जय नेपाल' उराल्दै थिए । चारतारे झन्डा र काँग्रेसीले भरिएको खुलामन्चबाट यी काइँला माओबादीविरुद्ध धुवाँदार भाषण गर्दै थिए ।अचानक राते काइँला पनि भाषण गर्न मन्चमा पुगेपछि उनी काँग्रेस पसेछन् भन्ने थाहा लाग्यो ।

दल प्रवेश गर्ने श्रृङ्खलामा थपिएका छन् सुनिल । रेखा थापा माओवादी, भुवन केसी एमाले र राते काइँला काँग्रेस । पार्टी पस्ने कलाकारको सूचि लामो हुनसक्छ । हिरोइन रेखाले त माओवादी सभामा अध्यक्ष प्रचण्डसँग लालुपाते निहुराइन् । कमरेड बनेका 'गसिप म्यान' भुवनले एमालेको सिन्दुर मात्र हालेनन् उनी कट्टर माक्स्रवादी भएछन् । संसारलाई हेर्ने भुवनको आँखा द्धन्द्धात्मक भौतिकवादी भएको छ ।

उस्तैगरी अभिनेता थापाले उक्त वृहत समारोहमा तीनपटक जय नेपाल उद्घोष गरे । प्रतिजवाफमा भेला भएका सयौं कांग्रेसीले पनि उनलाई जय नेपाल भनेर साथ दिए । अब हेर्न बाँकी छ -काँग्रेस पसेर सुनिल कत्तिको प्रजातन्त्रवादी हुने हुन् ?

0 comments:

Post a Comment