Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Wednesday, May 18, 2011

पारसको फेरि दादागिरी

On : 10:29 AM
In :

आफ्नै कर्मचारी कुटे  पारसले,
राजसंस्थाको बदनाम गरेको भन्दै तथानाम गाली
पूर्वयुवराज पारस शाहले राजपरिवारको लगानी रहेको क्यासिनोका प्रवन्धकलाई तथानाम गाली गर्दै मध्यरातमा भकुरेका छन् ।राजपरिवारको लगानी रहेको दरवारमार्गस्थित क्यानिसो रोयलमा मदिरा सेवन गरेर मंगलबारराति पुगेका शाहले प्रबन्धक शैलन्द्र शमशेर राणालाई कुटेका हुन् । आफू निकटका सेक्युरिटी म्यानेजर टेकबहादुर चन्दलाई हटाएको भन्दै आक्रोसित बनेका शाहले प्रवन्धक राणालाई लछार-पछार गर्दै कुटपिट गरेका हुन् ।
पछिल्लो समय राणा र उनको केही सहयोगीले क्यासिनोको कमाई तथा कर्मचारी कल्याण कोषको रकम हिनामिना गरेको, कर्मचारीहरुलाई तलव नदिएको भन्दै पारसलाई कुरा लगाएको आरोपमा व्यवस्थापनले चन्दलाई केही दिनअघि निष्कासन गरेको थियो ।

चन्दले गुहारेपछि पारस मंगलबारराति आफ्ना सहयोगीहरु सहित करिव २ बजेतिर क्यासिनोमा पुगेका थिए । क्यासिनो पुगेका उनले ‘चन्दलाई किन निकालेको ?’ भन्दै प्रवन्धक राणालाई सोधेपछि केहीबेर तँतँ-मम भएको थियो । त्यसक्रममा राणासँगै रहेका इन्द्र लामाले चन्द दोषी भएको बताएपछि पारसले ‘तँ मलाई सिकाउने’ भन्दै उनलाई झापड हानेका थिए ।

त्यसपछि आक्रोसित बनेका पारसले ‘बाघको छालामा स्यालको रजाईं’ भएको भन्दै आफ्नो बाबु, आफू र राजसंस्थाको नाम बेचेर के-के गरिस ? भन्दै राणामाथि लगातार झापड हानेका थिए ।

‘पारस निकै आक्रोसित मुद्रामा थिए’ क्यासिनोको एक कर्मचारीले भने-’हामी सवैका बीचमा राजसंस्थाको बदमान गरेको भन्दै राणा र उनका सहयोगीलाई अपशव्द प्रयोग गर्दै लछार-पछार गरे ।’

करिव आधा घण्टासम्म क्यासिनोमा रहेका पारसले तत्काल कर्मचारीहरुको बाँकी तलब तथा सुविधा दिन र चन्दलाई पुनः नियुक्ति पत्र दिन निर्देशन दिएको एक कर्मचारीले बताए । व्यवस्थापन पक्षले भने घटनालाई ढाकछोपको प्रयास गरेको छ । साँझ बिज्ञप्ति जारी गरेर ब्यबस्थापनले पारशले कुटपिट गरेको बिषयलाई अस्वीकार गरेको छ ।

कसरी सुरु भयो विवाद

क्यारिनो रोयल पूर्वराजा ज्ञानेन्द्रका ज्वाई राजबहादुर सिंहको हो । दरवारले नै प्रवन्धकमा शैलन्द्र शमशेर राणा नियुक्त गरेको थियो । तर, राणाले केही म्यानेजरहरुसँग मिलेर रकम हिनामिना गरेपछि दरवार असन्तुष्ट हुँदै आएको थियो । त्यहाँ कार्यरत मजदुरहरुका अनुसार राणाले क्यासिनो नचलेको भन्दै दरवारबाट रकम ल्याउने र क्यासिनो कमाई पनि लुकाउने गरेका छन् । तर, अधिकाशं कर्मचारीहरुले तिहारमा गरेको ओभरटाइमको समेत पैसा पाएका छैनन भने दैनिक उपभोग्य बस्तुहरु ल्याउने ठक्केदारलाई समेत पैसा दिइएको छैन ।

उनीहरुको क्रियाकलापबारे पारसका विश्वासपात्र चन्दले अन्य केही कर्मचारी सहित दरवार पुगेर पारसलाई फेहरिस्त सुनाएका थिए । त्यसको सूचना पाएका राणाले भने आफूविरुद्ध पारसलाई उजुरी गरेको भन्दै करारमा नियुक्त चन्दलाई निकालेका थिए । आफू निकालिएको भन्दै चन्दले पारसलाई गुहारेपछि उनले ‘म आफैा आएर मिलाउँछु’ भन्ने आश्वासन दिएका थिए । अन्ततः पारस जाँडले मातेको अबस्थामा क्यासिनोमा पुगे र प्रबन्धकलाई झापड हानेर निस्किए ।

0 comments:

Post a Comment