Sign Up To The Free Email Newsletter!

Want to get notified whenever we produce the latest content ? Then subscribe now to start receiving hot updates from today.

Tuesday, May 24, 2011

मुन्नी बदनाम होइको गीतले गिनीज रेकड तोड्यो

On : 11:01 AM
In :

यस वर्षको सर्वोत्कृष्ट फिल्म बन्न सफल ‘दबङ्ग’ को ‘मुनी बदनाम हुइ’ नामक गितले नयाँ इतिहास रचेको छ । १२ सय भन्दा बढी मानिसहरुले एकैपटक ३ मिनेट लामो उक्त आइटम सङमा नाँचेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमान बनेको हो ।
यस गितमा मलैका अरोराको सेक्सी नृत्य रहेको छ ।बलिउड फिल्मको प्रचार प्रसार तथा प्रवद्वनका लागि अष्ट्रेलियाको मेलवर्न पार्कमा हालै आयोजना गरिएको इन्डिया फिल्म फेस्टिभल २०११ मा अहिलेसम्मकै सबैभन्दा धेरै दर्शकहरुले एकैसाथ अनि एउटै स्टेपमा नाचेका थिए । नयाँ रेकर्डसगै समारोहमा उपस्थित 'मुनी' अर्थात मलैकालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । श्रीमान अर्बाज खान र छोराहरुसाग उनी कार्यक्रममा सरिक भएकी थिइन् ।




‘यति धेरै मानिसहरु एकै ठाउँमा एउटै तालमा नाचेका देख्दा निकै खुसी लाग्यो,’ कार्यक्रमका आयोजक निर्देशक मितु भोमिक लंगेले बताए । यसअघि सिंगापुरमा १ हजार ८ जनाले एउटा गीतमा सामूहिक नृत्य गरी राखेको रेकर्ड ‘मुनी बदनाम हुइले' तोडेको हो ।

0 comments:

Post a Comment